नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा रिहा हुने, अदालतद्वारा म्याद थप अस्वीकार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा रिहा हुने हुनुभएको छ। मंगलबार म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएका गोल्छालाई न्यायाधीश मोना सिंहको इजलासले हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिन अस्वीकार गरेपछि उहाँ रिहा हुने बाटो खुलेको हो।

अदालतको आदेशमा प्रतिवादी गोल्छालाई हिरासतमै राखी मुद्दाको अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको उल्लेख गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४(३) बमोजिम म्याद थप गर्न नमिल्ने ठहर गरिएको छ। यसअघि सोमबार सर्वोच्च अदालतले धितोपत्रसम्बन्धी कसुरमा उहाँलाई छाड्न आदेश दिएको भए पनि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बीमा सम्बन्धी अर्कै कसुरमा अनुसन्धान गर्न भन्दै पुनः पक्राउ गरेको थियो। सोमबार सर्वोच्चका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै रिहाइको आदेश दिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा