आईसीसी लिग २: ओमानमाथि नेपालको ८१ रनको सानदार जित, गुल्सन झाको ५ विकेट

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले ओमानलाई ८१ रनले पराजित गर्दै शानदार जित हात पारेको छ। नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा मात्र १७५ रनमा समेटिएपछि नेपालले यसअघिको हारको बदला लिन सफल भएको हो। ओमानका लागि विनायक शुक्लाले सर्वाधिक ३६ रन र हमद मिर्जाले ३४ रन जोडे पनि अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

नेपालको जितमा युवा अलराउन्डर गुल्सन झाले उत्कृष्ट बलिङ प्रदर्शन गरे। उनले ९ ओभरमा ५ विकेट लिँदै ओमानको ब्याटिङ लाइन ध्वस्त बनाएका थिए। उनलाई साथ दिने क्रममा सन्दीप लामिछाने, करन केसी, नन्दन यादव र दीपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए। कसिलो बलिङ र चुस्त फिल्डिङका कारण नेपालले ओमानलाई दबाबमा राख्न सफल भयो।

यसअघि टस जितेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरमा ४९.५ ओभर खेल्दै २५६ रन बनाएको थियो। नेपालको सुरुवात कमजोर रहे पनि अर्जुन कुमाल र आसिफ शेखले शतकीय साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोहोर्याएका थिए। आसिफ शेख मात्र ६ रनले शतक बनाउन चुके भने अर्जुन कुमालले ४८ रनको योगदान दिए। त्यस्तै, आरिफ शेखले २४ बलमा ४३ रनको विष्फोटक इनिङ्स खेलेका थिए।

जारी शृङ्खलामा नेपालको यो तेस्रो जित हो। यसअघि पहिलो खेलमा यूएईलाई हराएको नेपाल दोस्रो खेलमा ओमानसँग पराजित भएको थियो। तर, तेस्रो खेलमा यूएई र चौथो खेलमा ओमानलाई पन्छाउँदै नेपालले आफ्नो बलियो उपस्थिति प्रमाणित गरेको छ। यो जितसँगै नेपालले लिग २ को अंक तालिकामा महत्त्वपूर्ण सुधार गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा