पत्रकारिता छाडेर राजनीतिमा ऋषि धमला, रौतहट-४ बाट चुनाव लड्ने

काठमाडौँ । लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका चर्चित सञ्चारकर्मी ऋषि धमला सक्रिय राजनीतिमा होमिएका छन्। धमलाले आगामी निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने तयारी गरेका हुन्।

धमलाले प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बाट आफ्नो राजनीतिक यात्रा सुरु गर्न लागेका हुन्। सो पार्टीको तर्फबाट उनले ‘मोबाइल’ चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिने भएका छन्।

ऋषि धमलाकी पत्नी एवं अभिनेत्री एलिजा गौतमले सामाजिक सञ्जाल फेसबुकमार्फत यस कुराको पुष्टि गरेकी हुन्। उनले धमलाको तस्बिर सार्वजनिक गर्दै उनी अब जनताको सेवाका लागि प्रत्यक्ष राजनीतिमा जोडिएको जानकारी दिएकी छिन्।

“पत्रकारितामार्फत देश र जनताको आवाज उठाउँदै आउनुभएका ऋषि धमला अब प्रत्यक्ष रूपमा नीति निर्माण तहमा पुगेर सेवा गर्न रौतहट-४ बाट उम्मेदवारी दिन लाग्नुभएको छ,” गौतमले उल्लेख गरेकी छिन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा