धनगढी । सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमध्ये हालसम्म ४ वटा क्षेत्रमा मतगणना प्रक्रिया चलिरहेको छ। निर्वाचन कार्यालयका अनुसार कैलाली क्षेत्र नम्बर १ र कञ्चनपुर क्षेत्र नम्बर १ मा शुक्रबार बिहानैदेखि मतगणना सुरु भएको हो। यसअघि नै कञ्चनपुरका क्षेत्र नम्बर २ र ३ मा मतगणना सुरु भइसकेको थियो।
प्राप्त प्रारम्भिक नतिजाअनुसार, कञ्चनपुरका क्षेत्र नम्बर २ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता लिएका छन्। बाँकी १२ वटा निर्वाचन क्षेत्रमा भने मतपेटिका संकलन र सर्वदलीय बैठकको प्रक्रिया सकिएलगत्तै गणना सुरु गर्ने तयारी भइरहेको छ।





