एआईको दुरुपयोगमा भिडियो बनाइएको भन्दै अभिनेत्री अदिती बुढाथोकी आपत्ति

पछिल्लो समय कृत्रिम बौद्धिकता (एआई)को प्रयोग गरेर बनाइएका भिडियो र तस्वीरले सेलिब्रिटीदेखि सर्वसाधारणलाई हैरानी दिने क्रम बढेको छ । नेपालमा समेत एआईका तस्वीर सामाजिक सञ्जालमा व्यापक सेयर भइरहेको देखिन्छ । कलाकारले समेत यस्ता फोटो सेयर गर्दा ध्यान दिएको देखिंदैन ।पछिल्लो महिना नाम चलेका बलिउड अभिनेत्रीहरु काजोल, आलिया भट्ट र रश्मिका मन्दाना एआईद्वारा निर्मित डीप–फेक भिडियोको सिकार बने ।

यो सूचीमा थपिएकी छिन् अभिनेत्री तथा मोडल अदिती बुढाथोकी ।बुधबार इन्स्टाग्रामबाट वक्तव्य जारी गर्दै अदितीले एआईको दुरुपयोग गरेर नक्कली भिडियो बनाइएको र यसरी आफ्नो चरित्र हत्या गरिएको भन्दै आपत्ति जनाएकी छन् । खासगरी सामाजिक सञ्जाल स्न्यापच्याटबाट आफ्ना नक्कली तस्वीर र भिडियो सेयर गरेर दुःख दिने काम भएको उनको भनाइ छ ।

उनी लेख्छिन्, ‘अरु मान्छेलाई खसाल्न केही मान्छेहरुले प्रयास गरेको देख्दा निकै स्तब्ध र दुःखलाग्दो देखिन्छ । लामो समयदेखि अहिलेसम्म म यस्तो हर्कत र परिस्थितिलाई सामना गरिरहेकी छु ।मैले सकेसम्म यस्तो प्रयासलाई रोक्ने पनि प्रयास गरेकी छु । नक्कली स्न्यापच्याट आईडीबाट यस्तो काम भइरहेको छ ।

साथै एआई र अरु गलत भिडियोको मद्दतबाट मेरो चरित्र हत्या गर्ने प्रयास भइरहेको छ ।’उनले आफ्ना प्रमाणीकरण भएका सामाजिक सञ्जालका पेजलाई मात्र विश्वास गर्न आग्रह गरेकी छन् । उनले आफूलाई यो कार्यका लागि मद्दत गर्न फ्यानलाई आग्रह गरेकी छन् ।

नेपाली फिल्मको कुरा गर्दा अदितीले ‘कृ’मा डेब्यु गरेकी थिइन् ।‘बाबरी’ उनको पछिल्लो फिल्म हो । ‘बाबरी’को सिक्वेल घोषणा भएको छ ।अदिती पछिल्लो समय मुम्बईमा रहेर म्युजिक भिडियो र विज्ञापनमा काम गर्दै आइरहेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा