सत्ता गठबन्धनले ललिता निवास प्रकरणमा नेताहरुको बयान नलिने निर्णय गर्न पाउँछ ? : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनको बैठकले ललिता निवास प्रकरणमा मुछिएका नेताहरुको बयान नलिने निर्णय गरेको भन्दै आपत्ति जनाएका छन् ।

झापाको शिवसताक्षीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सत्ता गठबन्धनको बैठकमा ललिता निवास प्रकरणमा नेताहरूको बयान नलिने निर्णय भएकोबारे आफूले थाहा पाएको उल्लेख गरे । उनले प्रश्न गरे, ‘के गठबन्धनका नेताहरुले यो विषयमा छलफल गर्न वा निर्णय लिन पाउनुहुन्छ ?’

केही समयअघि सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा प्रहरीलाई पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईको बयान लिन बाटो खुला गरेको थियो । यद्यपि पूर्वप्रधानमन्त्रीद्वयको बयान लिने विषयमा कुनै पहल भएको देखिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा