प्रशासनले रोक लगाएको स्थानमा प्रदर्शनको कोसिस गरेपछि प्रहरीले दुर्गा प्रसाईंका केही समर्थकहरुलाई राजधानीको तीनकुनेबाट पक्राउ गरेको छ । हालसम्म ७४ जना पक्राउ गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रशासनले तीनकुने क्षेत्रमा प्रदर्शनको अनुमति नरहेको भन्दै शुक्रबार सूचना जारी गरेको थियो । तर उक्त सूचनाको अवज्ञा गर्दै केही व्यक्तिहरु उक्त क्षेत्रमा जम्मा भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
नियन्त्रणमा लिएकाहरुलाई भद्रकालीमा राखिएको छ ।बिहीबार बल्खुमा भएको प्रदर्शनमा प्रसाईंले उत्तेजक भाषण गर्दै सार्वजनिक सुरक्षामा खलल पार्ने खालका अभिव्यक्ति दिएका थिए। सार्वजनिक सम्पत्ति तोडफोडको समेत धम्की दिएपछि प्रसाईंका गतिविधिहरु सुरक्षा निकायले निगरानीमा राखिरहेको छ ।
