द्रुत बससेवा आजबाट पुनः सञ्चालन, ३–३ मिनेटको अन्तरमा छुट्ने

काठमाडौँ– सरकारले सञ्चालन गरेको रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा आएकाे छ । गत असोज ३ गते संविधान दिवसका दिन सुरु भएर कात्तिक ४ गतेबाट बन्द भएको सेवा पुनः सुरु भएको हो ।

यसअघि २५ वटा बसले सेवा दिएकोमा आजबाट ११ वटा थपेर ३६ पुर्‍याइएको छ । द्रुत बस सेवालाई थप प्रभावकारी बनाउन बसहरू थपिएको र समय तालिकामा पनि केही संशोधन गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

द्रुत बस बिहान ८ देखि साढे १० र दिउँसो ३ देखि साढे ५ बजेसम्म चल्ने छन् । बस तीन–तीन मिनेटको अन्तरमा छट्दै रत्नपार्कदेखि सूर्यविनायकसम्म ओहोरदोहोर गर्नेछन् ।

यसअघि द्रुत बस बिहान ९ देखि ११ बजेसम्म तथा अपराह्न ४ देखि साँझ ६ बजेसम्म ५–५ मिनेटको अन्तरमा छुट्ने व्यवस्था थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा