हमासले बन्धक बनाएका २४ जना मुक्त

प्यालेस्टाइनको लडाकु समूह हमासले इजरायसँगको युद्धविरामको पहिलो दिन शुक्रबार २४ जना बन्धकहरूलाई रिहा गरेका छन् । अन्तर्राष्ट्रिय रेडक्रसले इजरायली महिला र बालबालिका र थाईल्याण्डका कामदारहरू रिहा भएको जनाएको छ ।

इजरायल- हमास युद्ध सुरु भएको डेढ महिनापछि चार दिनका लागि युद्धविराम भएको हो । रेडक्रसले २४ जना बन्धक रिहा गरेको पुष्टि गरेको छ ।

रेडक्रसले बन्धकहरू रिहा भएपछि एक्सको पोस्टमा लेखेको छ,’हामी २४ बन्धकहरूको सुरक्षित रिहाइको पुष्टि गर्न पाउँदा खुसी छौं। हामीले उनीहरूलाई गाजाबाट रफाह सीमामा ढुवानी गरेर यो रिहाईलाई सहज बनायौं’ रेडक्रसले भनेको छ ।

इजरायल र हमासले अस्थायी युद्धविरामको अवधिमा चार दिनभित्र ५० बन्धक र १५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने सम्झौता गरेको थियो । शुक्रबारै इजरायली जेलमा राखिएका ३९ प्यालेस्टिनी बन्दीहरू पनि रिहा भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा