प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनमा सहभागी हुने यूएईमा व्यस्त

काठमाडौं- यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनमा सहभागी हुने यूएईमा छन् । बिहीबार यूएईको राजधानी अबुधाबीमा उनले त्यहाँस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरे ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाली समुदायको हितमा भए गरेका काम कारबाहीको जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस क्रममा प्रधानमन्त्रीले राजदूतावासबाट हुने सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशनसमेत दिएका छन् ।

राजदूतावासको भ्रमणका क्रममा त्यहाँ एकत्रित भएका नेपालीलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताए ।

सम्मेलनमा आफूले जलवायु परिवर्तनका कारण नेपालजस्ता देशले भोग्नुपरेका असरका बारेमा विश्व समुदायको ध्यानाकर्षण गराउने प्रधानमन्त्रीले जानकारी दिएको निजी सचिवालयले जनाएको छ ।

उनले उक्त सम्मेलनमा याचकका रुपमा नभइ अधिकार प्राप्तिका निम्ति नेपालका मुद्दा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा