दुर्गा प्रसाईँसँग मोर्चा बनाउन सकिन्छ : कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पछिल्लो समय राजावादीहरूको मोर्चा बनाउने प्रस्ताव अघि सारेका छन् । मोर्चामा मेडिकल व्यवसायी दुर्गा प्रसाईं समेटिन सक्ने थापाको भनाइ छ ।

राप्रपाका विभिन्न समुहबीच हाल एकताको सम्भावना नरहे पनि मोर्चा बनाएर अघि जान सकिने थापाको प्रस्ताव छ । यस्तो मोर्चामा दुर्गा प्रसाईँ पनि अटाउन सक्ने उनले खबरहबलाई बताए ।

दुर्गा प्रसाईँले सुरु गरेको राजावादी आन्दोलनलाई कसरी हेर्नुहुन्छ भन्ने प्रश्नमा पूर्वउपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष थापाको प्रतिक्रियामा–

दुर्गा प्रसाईजीको पृष्ठभूमि र उहाँको व्यक्तित्वका बारेमा सकारात्मक नकारात्मक टिप्पणीहरु छन् । म त्यतापट्टि जान चाहन्नँ । हिजो कसले के गर्‍यो भन्ने कुरा खोज्दै हिँड्यो भने हामी आफ्नो लक्षमा पुग्न सक्दैनौँ । विगतमा कुनै न कुनै किसिमका कमजोरीहरू सबैबाट भएका हुन सक्छन् । कोही पनि दूधले धोएका मान्छेहरू छैनन् । मबाट पनि कमी कमजोरीहरू भएको हुन सक्छ । त्यसकारणले दुर्गा प्रसाईँजीको विगतको बारेमा म चर्चा गर्न चाहन्नँ 

अहिले उहाँले जुन विषयहरू उठाउनुभएको छ, त्यसको सान्दर्भिकता म देख्छु । हसिहलो कुरो उहाँले आम जनताले अहिले जनताले अहिले भोग्नु परिरहेको पीडालाई आफ्नै भाषा, शैली र ढंगबाट मुखरित गरिदिनुभएको छ ।

अहिले आम जनता आर्थिक मन्दी र संकटको पीडाबाट गुज्रिराखेका छन् । दुर्गा प्रसाईजीले लघुवित्त, सहकारी र बैंकको ऋणको कारणले गर्दाखेरि पीडा भोगिराखेका लाखौं जनताको भावनालाई सडकमा ल्याइदिनुभएको छ । र, अहिलेको व्यवस्था असफल भएको हुँदा राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको कुरा गर्नुभएको छ । यी दुबै कुरामा  म हाम्रो समानता र निकटता देख्छु ।

तर, दुर्गा प्रसाईँजीको कार्यशैली, उहाँको अभिव्यक्तिका बारेमा चाहिँ प्रश्न गर्न सकिन्छ । त्यसकारणले पनि मैले भनेको के हो भने जनताको भावना छ, जनमत छ, त्यसलाई संगठित गर्तका निमित्त दुर्गा प्रसाईँजी एक्लैले पनि हुँदैन । राप्रपा नेपाल एक्लैले पनि हुँदैन । अरुबाट पनि एक्लैले हुँदैन ।

यदि हामी अहिलेको देशको संकटलाई महसुस गर्छौं र त्यसबाट मुक्ति चाहन्छौँ भने स्वाभाविकरूपले अलिकति क्रान्तिकारी ढंगबाटै आउनुपर्छ । र, त्यसमा मोर्चा निर्माण गरेर अगाडि जान सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा