कोरोनाबाट निधन हुनेको संख्या ६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार थप एकजनाको कोरोनाकै कारण निधन भएको पुष्टि गरेका हुन्।कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट नेपालमा थप एक जनाको निधन भएको छ ।
गत जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका -९ का एक निधन भएको थियो । भैरहवाको प्रयोगशालमा स्वाब परीक्षण गर्दा बिहीबार मात्रै उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।प्रवक्ता डा. देवकोटाका अनुसार बुधवार राति अर्घाखाँचीका ३५ वर्षीय पुरुषको निधन भएको हो।
मृतक हालै भारतबाट नेपाल प्रवेश गरेको मन्त्रालयले जनाएको हो।उनको सम्पर्कमा रहेका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ। शुक्रबार एकै दिन १७० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। प्रवक्ता देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या१२ सय १२ पुगेको छ। यो एकै दिन बढेको अहिलेसम्मको सर्वाधिक सङ्ख्या हो।
बुधवार ११४ जनामा र बिहीवार १५६ जनामा सङ्क्रमण पुष्टि भएको थियो। नेपालमा कोभिड-१९ बाट निधन हुनेको सङ्ख्या पाँच छ। डा. देवकोटाका अनुसार अहिलेसम्म निको हुनेको सङ्ख्या २०६ छ। मन्त्रालयका अनुसार अहिलेसम्म १०६ जना निको भएका छन् । यसअघि नै पाँच जनाको निधन भइसकेको छ ।