स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १,४०१ पुगेको छ। शनिवार एकै दिन हालसम्मकै सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको हो।शुक्रवार एकै दिन १७० जनामा नयाँ सङ्क्रमण पुष्टि भएको थियो। बिहीवार १५६ जना र बुधवार ११४ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको थियो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म निको हुनेको सङ्ख्या २१९ छ।मन्त्रालयको तथ्याङ्कअनुसार अहिले देशभरि १ लाख १० हजार ७८ जना व्यक्ति क्वारन्टीन र १,१७६ जना आइसोलेशन अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै छन्। मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ६६ हजार ७ सय २९ नमुना परीक्षण भइसकेको छ।
गएको २४ घण्टामा मात्र २ हजार ५ सय ७५ नमुनाको पीसीआर परीक्षण भएको छ। हाल देशभर १ लाख १० हजार ७८ जना क्वारन्टीनमा रहेका छन्। अहिले नेपालमा १ हजार १ सय ७६ जना आइसोलेशनमा रहेका छन् भने हालसम्म २ सय १९ जना निको भएर घर फर्केका छन्।त्यसमध्ये १ सय ७२ जना पुरुष र ४७ जना महिला रहेका छन्। हालसम्म देशका ५३ जिल्लामा सङ्क्रमण फैलिइसकेको छ।