काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीमा १३ जिल्लाका प्रतिनिधि समेटिएका छैनन् ।
मंगलबार निर्वाचन आयोगमा बुझाएको कांग्रेसकाे बन्दसूचीमा ६४ जिल्लाको मात्रै प्रतिनिधित्व देखिएकाे हाे । बन्दसूचीमा मधेश र सुदूरपश्चिम प्रदेशबाट भने सबै जिल्लाको प्रतिनिधित्व भएको छ ।
बन्दसूचीमा बागमती प्रदेशका चार जिल्लाबाट कसैलाई पनि उम्मेदवार बनाइएको छैन भने कोशी र गण्डकी प्रदेशबाट तीन-तीन, लुम्बिनीका दुई तथा कर्णालीको एक जिल्लाले यसमा स्थान पाएकाे छैन ।
कांग्रेसले बागमतीका ललितपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र चितवन, कोशीका धनकुटा, ओखलढुंगा र खोटाङ, गण्डकीका मनाङ, म्याग्दी र लमजुङ, लुम्बिनीका पूवी रूकुम र प्युठान तथा कर्णालीको जुम्लाबाट कसैलाई पनि समानुपातिकतर्फको उम्मेदवार बनाएको छैन ।
