शुक्रबार अपरान्ह कार्यकक्षमै बे’होस भेटिएका माझीको उपचारको क्रममा शनिबार बिहान निधन

ललितपुर ,शुक्रबार अपरान्ह कार्यकक्षमै बे’होस भेटिएका माझीको उपचारको क्रममा शनिबार बिहान निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुक्रबार साँझ अस्पताल भर्ना गरिएको थियो ।ललितपुर महानगरीय प्रहरी प्रभाग लुभूका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) टेकबहादुर माझीको निधन भएको छ । अल्का अस्पतालमा उपचाररत उनको शनिबार बिहान निधन भएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले सई माझीको अल्का–२ मा उपचारको क्रममा निधन भएको पुष्टि गरे ।

गम्भीर अवस्थामा अस्पताल लगिएका माझी कार्यक्षेत्रमै खटिएको समयमा लडेको एसएसपी राईले बताए । कार्यकक्षमै ढलेर रगत भोमिट गरेका सई माझीलाई तत्कालै पाटन अस्पताल लगिएको थियो ।

टाउकोमा रगत जमेको पत्ता लागेपछि उनको शुक्रबार रातिनै पाटन अस्पतालबाट अल्का अस्पताल रिफर गरिएको एसएसपी राईले बताए । शल्यक्रियापश्चात पनि उनलाई बचाउन नसकिएको प्रहरीको भनाइ छ ।रामेछाप घर भएका खटिएका माझी संगठनमा इमान्दार र क्षमतावान प्रहरीको रुपमा चिनिन्थे ।

दुई महिनाअघि मात्र लुभुमा इञ्चार्जका रुपमा माझीलाई जिम्मेवारी दिइएको थियो । अस्पताल पुर्‍याइएका उनको टाउकोमा रगत जमेका कारण अपरेसन गरिएको थियो । अपरेसन सफल भएका माझीको आज बिहान निधन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा