त्रिभुवन विश्वविद्यालयमा एक हप्तादेखि तालाबन्दी, विद्यार्थी संगठनले लगायाे शुल्क घटाउने सहमति लागू नगरेकाे आरोप

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयमा ताला लगाएका छन् ।

उनीहरूले त्रिविकाे उपकुलपति, रेक्टर तथा रजिष्ट्रारको कार्यालयमा एक सातादेखि तालाबन्दी गरेका हुन्।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व शान्ति तथा विकास गरी चार विभागको शुल्क घटाउने गरी विद्यार्थीसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै उक्त संगठनका विद्यार्थीले ताला लगाएका हुन्।

ताला लगाएपछि उपकुलपति प्राध्यापक डाक्टर दीपक अर्याल, रजिष्ट्रार प्राडा खड्क केसी र रेक्टर प्राध्यापक केदार रिजाल विभिन्न विभागका कोठाहरूमा बसेर काम गरिरहेकाे बताइएकाे छ।

उपकुलपति अर्यालले शुल्क घटाउने सहमति कार्यान्वयन गर्ने प्रक्रिया सुरू भए पनि समय लाग्ने भएकाले विद्यार्थीलाई कम शुल्क लाग्ने गरी अरू उपायमा काम अघि बढाइरहेको कुरा बुझाउन खोज्दा खोज्दै पनि ताला लगाएको गुनासाे गरे ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा