‘ए डुँम त फेरी आइस्’ ? पहिलाको चो’ट खाएर पुगेन ? अब म रेर जान्छन् भनेर भन्नुभयो भागेर ज्यान जोगाएका नवराजका साथी भन्छन्,

रुकुम,२१ वर्षका नवराज विक, १७ वर्षकी युवतीसंग प्रेम सम्बन्धमा थिए । नवराजले गएको शनिवार वेहुली लिन भन्दै अन्य १८ जना साथी लिएर गएका थिए । नवराजले आफुहरुलाई वेहुली भगाउन जाने भनेर फोन गरेपछि आफुहरु गाउँवा १० जना गएको बताए । वाटोमा अरु साथीहरु मिसिएर १९ जना भएर युवतीको गाउँ गएको बताए । उनीहरु युवतीको घर नजिकैको वाटोवाट जाँदाखेरी युवतीको आमाले देखेपछि, ‘ए डुम तँ फेरी आइस्’ भन्दै भनेको उनीहरुले बताएका छन् ।

नवराजसंगै रुकुम गएका केही युवाहरुले घटनाका बारेमा नयाँ कुरा खुलाएका छन् । उनीहरुले आफुहरु १९ जनाको समुहमा गएको स्वीकार गरेका छन् । आफुहरु फर्कन लागेको बेलामा गाउँका ठुलो भिडि आएको देखेर आफुहरु डराएर भागेको बयान दिएका छन् । सो घटनामा बाँचेर फर्कीएकाहरुले आफुहरुलाई आ’क्रम’ण भएको बताएका छन् । भेरीको पुल नाघेर बाँचेका दुई जना नवराजका साथीहरुले आफुहरु भागेर बाँचेपछि उनीहरु पनि भागे होलान् भन्ने ठानेको बताए ।

नवराजलाई युवतीको आमाले पहिल्यै देखि चिनेको हुनसक्ने भएकाले देख्ने बित्तिकै त्यस्तो भनेको उनीहरुको भनाई छ । उनीहरुको कुरा भएको थियो की के हो त्यो त थाहा भएन, संगै गएका एक जना साथीले भने, हामीलाई देख्ने बित्तिकै युवतीको आमाले ‘ए डुँम त फेरी आइस्’ ? भनेर भन्नुभयो ।

पहिलाको चो’ट खाएर पुगेन ? अब म रेर जान्छन् । आमाले त्यसो भनेपछि आफुहरु फर्केर घर फर्कन लागेपछि मथिवाट ठूलो हुल आएर आफुहरु माथि आ’क्रम’ण भएको बताए ।ढुंगा, मुढा, हँसियाले हा’नेको उनीहरुले बताएका छन् । हँसियाको पछाडीको भागले आफुहरुलाई हा’नेको उनले बताए । त्यस्तो बेलामा को कता भाग्यो थाहा नै भएन । सबैजना भाग्न तिर लाग्यो ।

हामीले उनीहरु पनि भागे होलान् भन्ने लाग्यो उनले भने । आफुहरुलाई देख्ने बित्तीकै युवतीको आमाले अध्यक्षलाई फोन गर्न भनेको पनि आफुहरुले सुनेको बताए ।युवतीको आमाले वडाध्यक्षलाई फोन गरेर २/३ गाडी मगा भनेर भनेको आफुहरुले सुनेको बताए । लकडाउनको बेलामा किन नवराजले यस्तो कनि डिसिजन गर्यो भन्ने आफुलाई थाहा नभएको बताए ।

करिब तीन वर्ष देखि उनीहरुको बिचमा प्रेम रहेको भन्ने कुरा आफुहरुलाई थाहा भएको बताए । एसइइ दिने बेलामा पनि नवराज युवतीको कोठामा गएर बसेको उनीहरुको भनाई छ ।गाउँलेले हा’निरहेकै बेलामा २ जना प्रहरी आएर आफुहरुलाई बचाएको बताए । पछि अरु प्रहरी थपिएर १२ जनालाई नि’यन्त्रण’मा लगेको बताए ।

प्रहरीले नि’यन्त्रण’मा लिएपछि आफुहरु अब म र्ने भैयो भन्ने लागेको र अरु साथी बाँचे भन्ने लागेको बताएका उनीहरुले पछि साथीहरुको निधन भएको खबरले दुख लागेको बताए । गाउँलेले वेहुला र उसका ३ जना साथी खै भन्दै सोधेका थिए । उनीहरुले नवराज र ति साथीलाई लक्षित गरेर आ’क्रम’ण गरेको उनीहरुको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा