काठमाडाैं, एक साता अगि मनिसा कोइरालाले नेपाल सीमाको बिसएमा सामाजिक संजालमा टुईट गर्दा भारतका केहि मेडियाले उनको चर्को आलोचना गरेको थियो भने नेपालले र नेपाल बासीले उनलाई साथ दिएको थियो।
येसैगरि उनले फेरि पनि एमसीसी को बारेमा रि -टुईट गरेकी छन्। अभिनेत्री मनिषा कोइरालाले एमसीसी सम्झौतालाई ध्यानपूर्वक पढ्न सुझाव दिएकी छन् ।
अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता संसदमा विचाराधीन रहेको बेला पक्ष/विपक्षमा बहस भइरहेको छ । यसैबीच अभिनेत्री कोइरालाले सम्झौतालाई ध्यानपूर्वक पढ्न सुझाव दिएकी छन् ।साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यको एमसीसी सम्बन्धी ट्विटलाई रि–ट्विट गर्दै मनिषाले लेखेकी छन्, ‘हामीले ध्यानपूर्वक पढ्नुपर्दछ ।
विगतमा हामीले गल्ती गरेका छौं । विश्वास छ, हामीले विगतका गल्तीहरूबाट पाठ सिक्छौं । मलाई टनकपुर सन्धिको समयको सम्झना आउँछ ।’यसअघि अभिनेत्री कोइरालाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिम्पियाधुरा सहितको नेपाली नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई समर्थन गर्दै रि–ट्विट गर्दा भारतीय मिडियाले आलोचना गरेका थिए तर मनिषाको राष्ट्रवादी अभिव्यक्तिको नेपालमा प्रशंसा भएको थियो ।
लिम्पियाधुरासहित ३३५ वर्ग किलोमिटर भूमि समेटिएको नक्साको पक्षमा उभिएको भन्दै अहिले भारतीय मिडियाले मनिषाको आलोचना गरेका थिए । कतिपयले मनिषालाई चीनको पक्ष लिएको समेत आरोप लगाएका छन्। नेपालले चीनको उक्साहटमा नयाँ नक्सा जारी गरेको आरोप लगाउँदै आएका भारतीय मिडियाले मनिषालाई ‘भारतको खाएर चीनको गाएको’ भन्ने आरोप समेत लगाएका थिए ।
नेपालले नयाँ नक्सा सार्वजनिक गरेसँगै मनिषाले एक ट्वीट गर्दै त्यसको स्वागत गरेकी थिइन्। उनले ट्वीटमा लेखेकी छिन्, ‘सबै तीन महान देशबीच शान्तिपूर्ण र सम्मानजनक छलफलको आशा गर्दछु।’ उनको यहि ट्वीटको जवाफमा कमेन्टको वर्षा भएको थियो भने भारतीय मिडिया उनीमाथि खनिएका थिए ।