मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत घुमाउने भन्ने स्थानमा बस पल्टिँदा ३८ जना यात्रु घाइते भएका छन् ।

दाङबाट काठमाडौंतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०२-००१ ख ०४६६ नम्बरको नाइट बस आज बिहान करिब ३:१० बजे अनियन्त्रित भई सडकमै पल्टिएको हो ।

दुर्घटना लगत्तै प्रहरी टोलीले घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो । घाइते सबैलाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ । घाइतेहरूको अवस्था र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बस सडकको बीचमै पल्टिएका कारण केही समय यातायात अवरुद्ध भएको थियो । यद्यपि, प्रहरी र स्थानीयको सहयोगमा दुर्घटनाग्रस्त बसलाई हटाई अहिले सडक पूर्ण रूपमा सुचारु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा