काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले ओरालो लागेको हो।
मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि ठुलो गिरावट आएको छ। चाँदी तोलामा ३ सय ४० रुपैयाँले घटेर प्रतितोला ५ हजार रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँमा खरिद–बिक्री भएको थियो।





