काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज लगातार तेस्रो दिन पनि घटेको छ। आज सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँले घटेको हो ।
यसअघि आइतबार तोलामा २३ सय रुपैयाँयाँले बढेको सुनको भाउ सोमबार ३००० र मंगलबार प्रतितोला ९०० रुपैयाँले घटेको थियो ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४०० रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी तोलाको ४ हजार ८८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।





