बेपत्ता भएका नवराजका साथी गोविन्द शाहीको शव घटनास्थलभन्दा करिब २० किलोमिटर टाढा फेला पर्यो !

भेरी नगरपालिका–११ का गोविन्द पनि नवराजलाई साथ दिन चौरजहारी गएका थिए। जेठ १० गते रूकुम पश्चिमको चौरजहारी नगरपालिका–८ स्थित सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हाम फालेकामध्ये गोविन्द हालसम्म बेपत्ता थिए।चौरजहारी घटनाका क्रममा भेरी नदीमा बेपत्ता भएका गोविन्द शाहीको पनि शव भेटिएको छ।

मंगलबार भेरी नगरपालिका–१२ स्थित खोदा खोला नजिकै भेरी नदीको किनारमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए।उनको शव भेरी कपडाले टाउको बाँ’धेको, दाँत भाँ’चिएको र टा’उको फु’टेको अवस्था फेला परेको खोजतलासमा जुटेका छवि पन्तले जानकारी दिए।

यसभन्दाअघि ५ जना युवाको शव भेटिइसकेको छ। यससँगै सोतीबासीको आक्रमणमा परेर ज्यान गुमाउनेको संख्या पनि ६ पुगेको छ।घटनामा एक जना सोही दिन राति मृत भेटिएका थिए भने ५ जना बेपत्ता थिए। बेपत्तामध्ये चार जनाको शव यसअघि नै भेटिएको थियो।केटी भगाउन भनी खलंगाबाट सोती गाउँ गएका २१ वर्षीय नवराज विक सोही राति भेरी नदीमा मृत भेटिएका थिए।

१२ गते चौरजहारी नगरपालिका–१ का २० वर्षीय टिकाराम सुनार र अर्का एक जना गणेश बुढाको शव भेटिएको थियो।यस्तै १४ गते बेलुका भेरी नगरपालिकाकै लोकेन्द्र सुनारको शव पनि कुदु गाउँ नजिकै भेरी नदीमा फेला परेको थियो भने १५ गते भेरी नगरपालिका–४ का सञ्जु विकको शव भेटिएको थियो।रुकुमको चौरजहारी नगरपालिका-८, सोतीगाउँकी मल्ल थरकी युवतीसँग प्रेमविवाह गर्न गएका जाजरकोटको भेरी नगरपालिका-४ का नवराज विकसहित युवाहरूमाथि स्थानीयले आ क्रमण गरेका थिए।

त्यसक्रममा बेपत्ता भएका सबै युवाहरुको शव नदीमा भेटिएको हो।पोस्टमार्टम रिपोर्ट भन्छ– कु’टपि’टबाट मृ त्यु भेरी नगरपालिका–४, जाजरकोटका युवाको समूह किशोरीलाई लिन रुकुमको चौरजहारी नगरपालिका–८, सोतीमा पुगेका बेला भएको घटनापछि भेटिएका ५ वटा शवको पेटमा पानी नभेटिएको पोस्टमार्टम रिपोर्टबाट खुलेको छ । जाजरकोट अस्पतालमा गरिएको पोस्टमार्टममा कु’टपि’टपछि मृ त्यु भएको देखिएको चिकित्सकको भनाइ छ । मृतक पाँचै जनाको टाउको, अनुहारलगायत अंगमा चो ट देखिएको पोस्टमार्टममा संलग्न एक चिकित्सकले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा