काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा सुरु भएको उक्त बैठकमा सरकारका मन्त्रीहरूको सहभागिता रहेको छ।
आजको बैठकमा मुलुकको समसामयिक राजनीतिक तथा प्रशासनिक अवस्था, विकास निर्माणका कार्यहरूसहित विभिन्न मन्त्रालयका दैनिक कार्यसम्पादन र प्रशासनिक प्रस्तावहरूमाथि छलफल भइरहेको जनाइएको छ। बैठकले महत्त्वपूर्ण निर्णयहरू पारित गर्ने अपेक्षा गरिएको छ।




