४९ बर्षको उमेरमा सजिएर बेहुली लिन पुगे प्रदेश १ का मुख्यमन्त्री शेरधन राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आइतबार विवाह गरेका छन् । २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग बिहान बन्धनमा बाँधिएका राई ४९ बर्षको उमेरमा बेहुला भएका हुन् ।

आफ्नो समुदायको पहिरनमा सजिएर बालुवाटारको एक पार्टी प्यालेसमा बेहुली लिन पुगेका शेरधन राईले आफूले प्रेमिका बनाएकी शेर्पासँग बिवाह गर्दैछन् ।

कोरोनाको जोखिम र सामाजिक आचारसम्वन्धी कानुनका कारण थोरै जन्ती लिएर बेहुली लिन पुगेका राईसँगै पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल पनि सँगै देखिएका छन् । उनी सत्तारुढ नेकपा (ओली समूह)का नेता हुन् ।

मिडियादेखि अनावश्यक मानिसहरुलाई प्रवेशमा कडाई गरी भइरहेको विवाह गरिरहेका उनले आफ्ना खास खास

मानिसलाई आजै बेलुका भोज खुवाउने योजना बनाएका छन् । भोजमा प्रधानमन्त्री, राष्ट्रपति र अन्य नेताहरुलाई बोलाएका छन् ।

विवाहकै कारण प्रदेशमा उनीविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावलाई विपक्षीहरुले केही समयका लागि थाँती राखिदिएका छन् । यसअघि आफ्नै पार्टीकी एक कार्यकर्ता बालिका खड्काले राईमाथि यौन दुव्र्यबहारको आरोपसमेत लगाएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा