बिनयले राति आधि रातमा आफ्नो हातखुट्टामा तेल लगाएर मालिस गर्न लगाउँथे

मेरो छोरी होइन सपना, छोरा हो । के छोरा मसंगसंगै सुत्नु हुँदैन ?’ यो भनाई हो बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष विनयजंग बस्नेतको । तर यो भनाईलाई सपनाका बुवाआमाले जस्ताको त्यस्तै एक अन्तरवार्तामा बताएका छन् । सपनालाई आधि रातमा आफ्नो हातखुट्टामा तेल लगाएर मालिस गर्न लगाउँथे रे विनजजंग बस्नेतले । योपनि सपनाकै आमाबुवाले बताएका छन् ।

विगत केही महिनादेखि सपना र विनयजंग बस्नेतबीचको सम्बन्ध चिसिएको कुरा सबैलाई थाहा भएकै हो । तर के कारणले बाबु छोरी भनिने उनीहरुबीचको सम्बन्धमा दरार आयो भन्ने कुरा सबैकोलागी चासोको विषय थियो ।

यो चासोको विषयलाई सपनाका बुवाआमाले खोलिदिएका छन् । सपनाको आमाबुवाको भनाई अनुसार विनयजंगले सपनालाई बाहीरि रुपमा छोरी भनेतापनि उनको भित्री आवरणमा सपनालाई छोरीको दर्जा नदिएको बताएका छन् ।

उनीहरुको भनाई अुनसार विनयजंगले आफुले भनेको सपनाले नमान्दा मुखबाट खुन आउने गरी विनयले सपनालाई कु’टे’का पनि छन् । उक्त अन्तरवार्तामा सपनाकी आमाले रुँदै भनेकी छन्,‘उहाँले मलाई नै भन्नु भएको थियो सपना त मेरो छोरा हो । के म मेरो छोरासंगसंगै सुत्न मिल्दैन रु भन्दा मैले काममा छोरा भएपनि उ त छोरी हो नी बाबु भनेकी थिएँ ।

एकातिर छोरी पनि भन्ने अर्कोतिर छोरीसंगै सुत्छु पनि भन्ने । यो कस्तो सम्बन्ध हो ?’ उनको कुरामा विनयजंगले छोरी सपनालाई गरेको र बोलेको अभ्रद शब्दहरुको बारेमा सपनाका बुवाले पनि उक्त अन्तरवार्तामा बताएका छन् ।

सपना रोका मगर र बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष विनयजंग बस्नेत म्याग्दी घर भएकी सपना पढाइको लागि काठमाडौं आएकी थिइन् । यहाँ आएपछि बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष तथा समाजसेवी विनयजंग बस्नेतले बेवारिसे लाश ज’ला’उने गरेको देखेपछि उनले पनि यही काम थालेकी थिइन् ।

काठमाडौंको पशुपति आर्यघाटमा शव जलाउने सपना रोका मगर विश्वका सय प्रभावशाली महिलाको सूचीमा परेकी थिईन । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले सार्वजनिक गरेको सन् २०२० का प्रेरणादायी र प्रभावशाली महिलाका रूपमा छानेका सय जनामध्ये नेपालकी सपना रोका मगर समेत परेकी हुन् ।

कठिन परिस्थितिमा पनि संघर्षको बाटोलाई स्वीकार्दै समाज परिवर्तनका लागि नौलो र उदाहरणीय काम गरेकासय महिलाको सूची बीबीसीले सार्वजनिक गरेको थियो ।

अलपत्र परेका लाशको व्यवस्थापन गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने उनले बताउँदै आएकी थिइन् । म्याग्दीकी १८ वर्षीया सपना दैनिकजसो काठमाडौंको पशुपति आर्यघाट आसपासमा हुन्छिन् ।

उनले काठमाडौंका विभिन्न स्थानमा बेवारिसे अवस्थामा भेटिएका शवको आफन्त बनेर दागबत्ती दिँदै आएकी थिइन् । तर आज उनका आमा बुबा मिडियामा रुदै आएका छन् । विनयजंग बस्नेतले सपनालाई यौ’न दु’व्र्य’वहार गरेर मा’र्नेसम्मको ध’म्की दिएको भन्दै सपनाको बुवाआमाले रुँदै बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा