सवारी चालक अनुमतिपत्र बनाईदिन्छु भनी ठगी गरेको अभियोगमा स्याङ्जाका एकजना पक्राउ

सवारी चालक अनुमतिपत्र बनाईदिन्छु भनी ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका-१४ चाउथे बस्ने स्याङ्जा वालिङ नगरपालिका-१ घर भएका ४९ वर्षीय खगेन्द्र प्रसाद काफ्लेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

मेट्रो ड्राइभिङ स्कुल एण्ड प्रि टेष्ट सेन्टर प्राइभेट लिमिटेडका संचालक काफ्लेले सजिलै लाइसेन्स निकालिदिन्छु भन्दै ठगी गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।उनको साथबाट लाइसेन्स निकालिदिन्छु भन्दै विभिन्न व्यक्तिहरूसँग लिएको कागजपत्र, लाइसेन्स ३ थान, विभिन्न नमूना प्रश्नपत्र र नगद ८९ हजार ६ सय २० रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाएको हो ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा