प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि मंगलबार बहस नहुने

सर्वोच्‍च अदालतमा जारी प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि मंगलबार बहस नहुने भएको छ । पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार इजलास नबस्‍ने सर्वोच्च अदालतका सञ्‍चारविज्ञ किशोर पौडेलले जानकारी दिए ।

उनका अनुसार न्यायाधीशको निधनपछि इजलास नबस्‍ने सर्वोच्‍चको पुरानो परिपाटी अनुसार नै मंगलबार इजलास नबस्‍ने भएको हो ।सोमबारको बहसमा प्रधानन्यायाधीश चोलेन्द्रशम्‍शेर जबराले पनि मंगलबार इजलास नबस्‍ने बताएका थिए । संसद् विघटनको मुद्दामा माघ २८ गते बस्‍नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा