जुन सुकै बेला जे पनि हुन् सक्छ भन्दै उच्च तयारीमा बस्न केन्द्रीय सदस्यलाई प्रचण्ड र नेपालको निर्देशन

काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले जस्तोसुकै अवस्था पनि सामना गर्ने निष्कर्ष निकाल्दै केन्द्रीय कमिटीको बैठक सकिएको छ। शुक्रबार पेरिसडाँडामा बसेको केन्द्रीय समितिको बैठकले अब आउने जस्तोसुकै परिस्थितिको पनि सामना गर्न पार्टी तयार हुने निष्कर्ष निकालेको हो।

‘जुनसुकै समयमा बैठक बस्ने परिस्थिति पर्नसक्छ । यसमा तपाईंहरु आआफ्नो तर्फबाट सक्रिय रहनुहोस्’, प्रचण्डले निर्देशन दिँदै भने, ‘तपाईंहरु तयारी अवस्थामा रहनुहोला ।’

पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगले श-शरीर उपस्थित हुनुपर्छ भने पनि आफूहरू तयार रहेको भन्दै आयोग र अदालत आफूहरूविरूद्ध गए संघर्षमा जाने निष्कर्ष निस्किएको एक नेताले बताए ।

प्रतिनिधिसभा विघटनपछि प्रचण्ड–नेपाल समूहले शुक्रबार तेस्रो पटक केन्द्रीय समिति बैठक बोलाएको हो । पुस ५ गते पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको हो । बैठकमा सूर्य चिह्न आफ्नै हुने निश्चित भएकोसमेत नेताहरुले बताएका छन् ।

अध्यक्षद्वय प्रचण्ड र नेपालले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन प्रभावकारी बन्दै गए पनि चुप लागेर बस्ने अवस्था भने नभएको बताएका छन् । नागरिक समाज, बुद्धिजीवी, पूर्वप्रधानन्यायाधीश, सञ्चारकर्मी र सञ्चारमाध्यमले प्रतिनिधिसभा विघटनविरुद्ध आवाज उठाएको भन्दै नेताहरुले आन्दोलन सफलता नजिक पुगेको विश्वास व्यक्त गरेका हुन् ।

उनले निर्वाचन आयोगले आफ्नो समूहलाई आधिकारिकता दिने पनि दाबी गरे। ‘निर्वाचन आयोगमा परिस्थिति अलि सङ्लियो भन्ने लागेको छ,’ दाहालले भने। शुक्रबारको बैठक झण्डै दुई घण्टा चलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा