ओली समूहले स्थायी कमिटी बैठक बोलाए

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहले स्थायी कमिटी बैठक बोलाएको छ ।सर्वोच्च अदालतको फैसलापछिको परिस्थितिका विषयमा छलफलh गर्न बैठक बोलाइएको एक नेताले बताए ।

आकस्मिक भनिएको बैठकको एजेन्डा भने नखुलाइएकोaउनले बताए ।प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई मंगलबार सर्वोच्च अदालतले बदर गरेपछिको उत्पन्न परिस्थितिका बारेमा छलफल हुने उनले बताए ।बैठक ११ बजेलाई बालुवाटारमा बोलाइएको छ ।

प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गर्नेt निर्णय गरेका थिए। मन्त्रिपरिषदको रिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचतकोe मिति घोषणा गरेकी थिइन्।सरकारको यो कदम असंवैधानिक भन्दै सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका थिए। त्यसमाथि लामो बहसपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले मंगलबार प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्ने फैसला सुनाएको थियो।यससँगै सर्वोच्चले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन पनि आदेश गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा