डोल्पामा रुखमा च्यापेर एक महिलाको मृत्यु

तल्लो डोल्पा अन्तर्गत जगदुल्ला गाउँपालिका वडा ३ थापा गाउँ बस्ने वर्ष ३९ की बुद्धिरुपा विकको रुखले च्यापेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

जंगलमा भेडा चराउन गएको बेला खस्रुको रुख ढलेर च्यापिँदा गम्भीर घाइते भएको विकलाई उपचारको लागि घरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको पाण्डेले बताए ।

घटनाका बिषयमा अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय काईगाउँबाट प्रहरी टोली खटाइएको छ ।मृतक विक स्थानीय तहको निर्वाचनमा जगदुल्ला गा‍उँपालिका वडा नं.३ को दलित महिला सदस्यमा निर्वाचितसमेत रहेकी प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा