बुधबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहको स्थायी कमिटी बैठकले अदालतको फैसला स्वीकार गर्ने र अदालतले तोकेको समयसीमाभित्रै संसद बैठक बोलाउने निर्णय गर्यो ।
मंगलबार सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको भोलिपल्टै ओली समूहले यस्तो निर्णय गरेको हो । फैसलाअनुसार प्रतिनिधिसभा ५ पुसअघिकै अवस्थामा पुगेको छ । र, अब फागुन २४ भित्र संसदको बैठक बस्नैपर्ने बाध्यता छ । hप्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आव्हान गर्ने संवैधानिक व्यवस्था छ ।सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएपछि राजनीतिको केन्द्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छन्। उनले नेतृत्व गरिरहेको पार्टी कांग्रेस र देउवाको भूमिका अबका दिनमा के हुने भन्नेमा अनेक चर्चा भइरहेका छन्।
यसबीच बुधबार नेपाल कम्युनिष्ट पार्टीa नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सहकार्यको प्रस्ताव गरेपछि झन् देउवा अलमलमा देखिन्छन्।देउवाले बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल गर्न आज पदाधिकारी बैठक राखेका छन्। अपरान्ह ३ बजे बुढानिलकण्ठमा बस्ने पदाधिकारी बैठकले मुख्यगरी अहिलेको अवस्थामा कांग्रेस सरकारमा जान हुन्छ कि हुन्न भन्नेमा छलफल केन्द्रीत रहनेछ।
साथै आफ्नै नेतृत्वमा सरकारमा जाने वा नेकपाका कुनै समूहसँग मिलेर जाने भन्नेमा छलफल हुने देउवानिकट स्रोत बताउँछ। प्रचण्ड-नेपालले देउवालाई सहकार्य गर्ने प्रस्ताव tराखिसकेका छन्। तर देउवाले पार्टीमा छलफल गर्नुपर्छ भन्दै निर्णय दिइसकेका छैनन्।संसद पुनःस्थापनासँगै राजीनामाका लागि द वावमा परेका प्रधानमन्त्री के पी शर्मा ओलीले सत्ता साझेदारीका लागि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आन्तरिक छलफल सुरु गरिसकेको बुझिएको छ।
बुधबार प्रचण्ड र नेपाल देउवालाई भेट्न बुढानिलकण्ठ पुग्नुभन्दा पहिले नै ओलीले देउवासँग सत्ता साझेदारीबारे छलफल गरिसकेको ओली निकट एक केन्द्रीय सदस्यले बताए ।संसद पुनःस्थापना भयो भनेर तनाव लिनु पर्ने अवस्था नरहेको दावी गर्दै उनले भने ‘देउवा ओलीसँग सहकार्य गर्ने निश्चित भैसकेको छ । देउवा जीलाई प्रधानमन्त्री बनाउने र, डेढवर्षपछि चुनावमा गर्ने सहमति नजिक छौ ।’
तर काँग्रेसको आन्तरिक मदभेद ततकाल समाधन गर्न समेत प्रधानमन्त्री ओलीले देउवालाई सल्लाह दिएको समेत स्रोतले बताएको छ । पछिल्लो समय देउवा प्रचण्ड नेपाल पक्षसँग भन्दा ओलीसँगै नजिक रहेको बताइँदै आएको थियो । संवैधानिक निकायमा नियुक्ति गर्दा पनि ओलीले देउवाको आफ्नो मान्छे भनेर चिनिएका जयबहादुर चन्दलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा नियुक्त गरेका थिए