नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा सर्वोच्च अदालतले फागुन २० गते फैसला सुनाउने

नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा सर्वोच्च अदालतले फागुन २० गते फैसला सुनाउने भएको छ ।

बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त मुद्दामा सुनुवाई सकेर निर्णय सुनाउने मिति फागुन २० गतेलाई तोकेको छ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि हालको सत्तारुढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता भएको थियो । तर निर्वाचन आयोगमा त्यसअघि नै ऋषिराम कट्टेलको नाममा नेपाल कम्युनिस्ट पार्टी दर्ता कायम थियो ।

आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा