सित्तल ‘भेट’ बस्यालको माइली सार्वजनिक

 

‘माइली’
जिन्दगीको गोरेटोमा संगै हिँडौला

पी आर आकाशको शब्द युवा गायक सित्तल ‘भेट’ बस्यालको संगीत, कमला अधिकारी र सित्तल ‘भेट’ बस्यालको स्वरमा रहेको यो गीतमा चर्चित मोडल रिचा थापा र सुमित थापाको मुख्य भूमिका रहेको छ।
गाउँले प्रेमिल जोडीको प्रेम कथामा आधारित उक्त गितको छायाँकारमा चक्र बहादुर बराल छन् भने भिडियो निर्देशन रषिवको रहेको छ। भिडियोमा गाउँको अत्यन्त मौलिक परिवेशलाई दृश्यमा उतारिएको निर्देशन रषिवले बताएका छन्।

माइली गीतको भिडियो आजै मात्र Wide Nepal Youtube Channelले सार्वजनिक गरेको बस्यालले जानकारी दिए ।गायक बस्यालले वियोगले,माग बरु जिन्दगी यो ,नाफाको जिन्दगी, मैले मन दिंदा लगायत करिब एक दर्जन भन्दा बढी गीतमा स्वर दिईसकेका छन् । उनले एक सय भन्दा बढी गीत लेखेका छन्।संगीतलाई व्यवसायिक रुपले भन्दा पनि संरक्षणका लागि यो क्षेत्रमा आएको बताउने बस्याल प्रविधिलाई निषेध होइन सदुपयोग गरी अगाडि बढ्नु पर्ने विचार राख्छन्।

सानैबाट गीत संगीतमा रुचि राख्ने बस्याल वि. स. २०५८ बाट सञ्चार क्षेत्रमा आवद्द छन्। पोखरा–१७, छोरेपाटन निवासी बस्याल बिगत केहि बर्ष देखि संचार र सांगीतिक क्षेत्रमाआवद्द रही काठमान्डूलाई कर्म थलो बनाउंदै आएका छन् ।आफ्नै स्वर, शब्द र संगीतमा अन्य गीत पनि रेकर्डिङको प्रक्रियामा रहेको र दशैंसम्म सार्वजनिक गर्ने तयारीमा जुटेको गायक बस्यालले बताए।

पुरा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा