काठमाडौंबाट दुबई घुम्न जान लागेको७६ नेपालीलाई मध्यरातमा विमानस्थलबाट फर्काइयो ।

काठमाडौँ — नेपाल वायुसेवा निगमको विमानबाट आइतबार राति काठमाडौंबाट दुबई घुम्न जाँदै गरेका यात्रुको भिजिट भिसामा शंका गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले ललितपुरको एक सहकारीका ७६ जना शेयर सदस्यहरूलाई मध्यरातमा अफलोड गरिदिएको छ ।

जाउलाखेलस्थित शुभेक्षा बहुउदेश्यीय सहकारीका शेयर सदस्य तथा पदाधिकारीको ७६ जनाको समूहलाई जहाज चढ्नुअघि अध्यागन कार्यालयले फर्काइदिएको हो । उनीहरू राति साढे ११ बजे दुबईका लागि उड्दै थिए । उक्त सहकारीका सचिव विजय शर्माका अनुसार उनीहरू सबैजना चार दिनका लागि दुबई एक्स्पोमा भाग लिन काठमाडौंबाट जाँदै थिए ।

‘हाम्रो समूहमा करिब ७० प्रतिशत ४० वर्षमाथिका महिला शेयर सदस्य थिए,’ शर्माले भने, ‘अध्यागमनका कर्मचारीले माथिको आदेश भन्दै अध्यागमन कार्यालयमा जाँचपास लिइसकेका र नलिएका सबैलाई फर्काए ।’उनका अनुसार यी यात्रुहरू जनही १ लाख ७ हजार रुपैयाँको टुर प्याकेज किनेर दुबई जाँदै थिए ।

कालिकास्थानस्थित अध्यागन विभागले ललितपुर महानगरपालिकाको नियमनभित्र पर्ने यो सहकारीका सदस्यहरूले भ्रमण सम्बन्धी कागजपत्र पूरा नभएकाले राति फर्काउनु परेको जनाएको छ ।समूहमा सहकारीका तर्फबाट विदेश जाँदै गरेको एउटै समूह रहेछ’, विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले कान्तिपुरसँग भने, ‘विमानस्थलमा रहेका अध्यागन कार्यालयका कर्मचारीले आधिकारिक निकायको चिठ्ठी माग्दो रहेनछ । त्यसैले अफलोड गर्नुपर्‍यो ।’

अध्यागमले महानकारले अनुमति दिएको पत्र मागेको थियो । तर शुभेक्षा बहुउदेश्यीय सहकारीका अध्यक्षसहितका पदाधिकारीले जमानत बस्ने, अरु कागजात राख्ने, लगायत जुनसुकै लिखित प्रतिवद्धता दिन तयार रहँदा पनि महिलाहरू भएकै कारण रोकिदिएको बताए ।

विमानस्थलमा रहेको निगम कार्यालयका कर्मचारीका अनुसार अध्यागनले जान नदिने भएपछि करिब १ घन्टा ती यात्रुहरूले अध्यागमन डेस्कअघि नाराबाजीसमेत गरेका थिए । यस घट’नाका कारण निगमको न्यारोबडी विमान ७२ जना यात्रु मात्रै लिई राति साढे १ बजे दुबई उडेको थियो । जहाजभित्र राखिसकेका ती यात्रुका लगेज फेरि निकाल्दा करिब २ घन्टा लागेको थियो । दुबई जान नपाएकाहरू राति साढे १ बजे १७ वटा ट्याक्सी र एउटा बसमा विमानस्थलबाट घर फर्किएको सहकारीका सचिव शर्माले बताए ।

‘फर्काइएका ७६ मध्ये आधा यात्रुले बो’र्डिङ पास लिई डिपार्चर गेटमा जहाज चढ्ने पालो पर्खिरहेका थिए,’ यस घट’नाका एक प्रत्यक्षदर्शीले भने, ‘अधिकांश ललितपुरकै स्थानीय थिए । भिजिट भिसामा उतै हराउँछन् वा अन्य मुलुक भासिन्छन् भन्ने आशंकामा अध्यागनका कर्मचारीले रोकेको हुनसक्छ ।’ निगमको यात्रु सेवा विभागका एक कर्मचारीका अनुसार ती यात्रुको खानासहित करिब ७० लाख घाटा निगमले घाटा ब्यहोरेको छ । आइतबार मध्यरातको यो घट’नाको सोमबार कालिकास्थानस्थित अध्यागन विभाग र पर्यटन मन्त्रालयमा उ’जुरी परेको थियो ।

कालिकास्थान पुगेका यात्रुलाई महानिर्देशक भट्टराईले सहकारीको उद्देश्य पूरा गर्न विदेश भम्रण जानुपर्ने कारण खुलाई पत्र मागिएको बताए । ‘एउटा सहकारीको कार्यक्रममा यति धेरै मानिस विदेश जानुपर्ने एब’नर्मल घ’टना हो । महानगरले पत्र लेखिदिन्छ भने हामी छाडिदिन्छौं ।’ अब यी यात्रुले पुन टिकट लिन १० हजार हाराहारी अतिरिक्त शुल्क तिर्नुपर्छ । यदी उनीहरूले यात्रा रद्द गर्नुपर्ने भए निगमले क्यान्सिलेसन चार्ज लिई रकम फिर्ता दिनुपर्छ । ती यात्रुले फेरि दुवै मुलुकले जारी गरेका स्वास्थ्य प्रोटोकल, पी’सीआर गर्नुपर्ने लगायत काम गर्नुपर्ने हुन्छ ।

दुबईका लागि सबैको डेढ महिनाको भिसा भएको बताउँदै सचिव शर्माले दुबईमा होटल बुकिङ तथा एक्स्पोको टिकट पनि खरिद भइसकेकाले यात्रा रद्द गर्ने वा नगर्नेबारे निर्णय भइनसकेको बताए ।

यो समाचार कान्तिपुर बाट साभार गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा