सरकारले देशभर धुमपान प्रतिबन्ध लगाउने तयारी

न्युजिल्यान्डमा सू’र्तिज’न्य प’दा’र्थको विक्रीमा प्र’तिब’न्ध लगाइने भएको छ । धु’मपा’नलाई रोक लगाउने पहलस्वरुप पहिलो चरणअन्तर्गत सन् २००८ पछि जन्मिएका व्यक्तिले सू’र्ति’ज’न्य प’दा’र्थ किन्न नपाउने कानुन ल्याउन लागिएकाे हाे ।सो कानुन नयाँ वर्षदेखि कार्यान्वयनमा अ‍ाउने अपेक्षा गरिएको छ । ‘सरकारले युवाहरुलाई धु’माप’नबाट जोगाउने सुनिश्चित गर्न पहिलो चरणमा बालबालिकालाई विक्री नगर्ने कानुन ल्याएको हो,’ स्वास्थ्यमन्त्री डा आयसा भरलले भने ।

सरकारले विस्तारै सम्पूर्ण उमेर समूहका मानिसहरुलाई धु’मपा’नमा प्रतिबन्ध लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ । सरकारको कदमको चिकित्सक र स्वास्थ्य विज्ञहरुले स्वागत गरेका छन् ।सरकारको कदमले सू’र्तिज’न्य प’र्दा’थ विक्रीमा कमी आउने र कम हा’निका’रक उत्पादन उपभोग गर्न सहयोग गर्नेछ । सरकारको पछिल्लो कदमले युवाहरुलाई कू’लतबाट पनि जोगाउनेछ,’ युनिभर्सिटी अफ ओटागोका प्राध्यापक जेनेट हुकले भने ।

न्युजिल्यान्डले धुमपानको राष्ट्रिय दरलाई सन् २०२५ सम्ममा ५ प्रतिशतमा झा’र्ने र त्यसपछि विस्तारै निर्मूल गर्ने सरकारले लक्ष्य राखेको छ ।अहिले न्युजिल्यान्डका १३ प्रतिशत वयस्कले धुमपान गर्छन् । एक दशकअघिसम्म १८ प्रतिशतले धुमपान गर्दथे । तर, आदिवासी जनजाति समुदायमा भने यो दर उच्च छ । धुमपानकै कारण ३१ प्रतिशत जनजाति धुमपानका कारण हुने श्वा’सप्रश्वा’सस’म्बन्धी समस्याबाट पीडित छन् ।

धुमपानका कारण न्युजिल्यान्डका हरेक चार जनामध्ये एक जनामा क्या’न्सर हुने गरेको र सू’र्तिज’न्य प’र्दा’थका कारण ५० लाख मानिसमा स्वास्थ्य समस्या आएको जनाइएको छ ।सरकारको नयाँ योजनाअन्तर्गत सू’र्तिज’न्य प’दा’र्थ वि’क्री गर्ने पसलहरुलाई आठ हजारबाट ५०० मा झार्ने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा