भारतको राजस्थानस्थित माधोपुरको सिक्स सेन्स फोर्ट बर्वारामा उनीहरूले विवाह गरेका छन् । स्थानीय समयानुसार साँझ ५ बजे दुवैले सात फेरा लिएका थिए । विक्की कौशल र कट्रिना कैफले आफ्नो इन्स्टाग्राम अकाउन्टमा तस्विर शेयर गरेका छन् । दुबैले सेयर गरेका तस्विरहरुमा केहि तस्विरहरु समान छन् । तस्विरमा कट्रिना कैफले विक्की कौशललाई माला लगाइरहेकी छिन् । अन्य तस्विरमा दुवै एकअर्काको हात समातेर मुस्कुराउँदै छन् ।
तेस्रो तस्विरमा दुवै जना घुमफिर गरिरहेको देखिन्छ । दुई तस्बिरमा यी जोडी एकअर्काको आँखामा हेर्दै पोज दिइरहेका छन् । बिहीबार राजस्थानको सवाई माधोपुर जिल्लाको सिक्स सेन्स फोर्टमा विवाह गर्दैछन्। अहिले यो जोडीले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा विवाहको तस्विर शेयर गरेका छन् ।
विक्की कौशल र कट्रिना कैफले आफ्नो तस्बिरको साथ एउटै क्याप्सन लेखेका छन्। दुबैले लेखेका छन्, ‘हाम्रो हृदयमा माया र कृतज्ञता मात्रै छ जसले हामीलाई यो घडीमा ल्याएको छ । सबैको माया र आशिर्वादको कामना गर्दै, हामी यो नयाँ यात्रा सँगै सुरु गरौं।
विक्की कौशल र कट्रिना कैफको विवाहको भिडियो पनि सार्वजनिक भएको छ । यो भिडियोमा दुबैजना रजवाडा शैलीमा बनेको मण्डपमा उभिएर शंख बजिरहेको देखिन्छ । उही समयमा विक्की कौशल र कट्रिना कैफको दुबै तर्फ झण्डा फहराइएको छ । यस सँगै आतिशबाजी पनि भइरहेको छ ।