खेल मैदानमा विना जानकारी हेलिकप्टर अवतरण गराएपछि

माघ ५ ।वालिङ ।फुटबल खेलको प्रतिस्पर्धा चलिरहेको बेलामा खेल मैदानमा लगेर एकाएक हेलिकप्टर ल्यान्ड गरेपछि हेलिकोप्टरका पाइलटमाथि स्थानीयले आक्रोश पोखेका छन् ।

बिहीबार अपराह्न स्याङ्जाको वालिङ नगरपालिका–८ मा रहेको खेल मैदानमा प्रथम वालिङ गोल्ड कपमा दोस्रो सेमिफाइनलतर्फ आयोजक वालिङ रातो र एभनिर एफसी बीचको खेल चलिरहेको थियो। मैदानमा खेल चलिरहेकै बेलामा प्रभु हेलिकोप्टर ल्यान्ड गरिएपछि हेलिकोप्टरका क्याप्टेन रमेश डङ्गोलमाथि सामान्य हातपात भएको हो।

पोखराबाट चार्टर गरेर लगिएको हेलिकोप्टर ल्यान्ड गरेपछि आक्रोशित युवाले क्याप्टेन डङ्गोललाई हातपात गरेका हुन्। खेलको पहिलो हाफ चलिरहँदा हेलिकोप्टर खेलमैदानमा झारिएको थियो। खेल चलिरहँदा मैदानमै हेलिकोप्टर बसेपछि स्थानीय युवाहरू आक्रोशित बनेका थिए।

वालिङ नगरपालिका–९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी, सुशील थापाले उक्त हेलिकोप्टर ४० हजार रुपैयाँमा चार्टर गरेर वालिङ लगेका थिए। हेलिकोप्टर ल्यान्ड गर्दा मैदानका खेलाडीहरू भागेकाले ठुलो दुर्घटना हुनबाट भने जोगिएको छ। पाइलट डङ्गोलले भने यात्रुले दबाब दिएर बाध्य भएर खेल मैदानमै हेलिकोप्टर अवतरण गरेको बताएका छन्।
अनुमति बिना खेल मैदानमा झारिएको हेलिकोप्टरलाई कारबाहीको लागि जिल्ला प्रशासन कार्यालयले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी गराएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले बताएका छन्। हेलिकोप्टर वालिङ ल्याउने युवालाई समेत कारबाही गरिने उनको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा