स्वास्थ्य बीमा कार्यक्रमलाई सबैको पहुँचमा पुर्याउछु -पदम गिरि

माघ ३ / काठमाडौं / नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने बताएका छन् । स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्दै मंगलबार उनले बीमा कार्यक्रम प्रभावकारी बनाउन अप्ठ्यारो हटाउने विषयमा केन्द्रित हुने बताए ।

‘सबै नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा लिनका लागि स्वास्थ्य बीमाको जुन कार्यक्रम छ त्यो कहाँनिर किन प्रभावित बन्न सकेको छैन ?,’ उनले भने, ‘पहिलो कार्यक्रममा सहभागी भइसकेका व्यक्तिको नवीकरण नगर्ने, घट्दै जाने जस्ता अनेकौं प्रकारको समस्या देखिएको छ । यसका कहाँनिर हडल छ । समस्या कहाँ हो त्यो विषयलाई पनि हामीले गम्भीरता साथ हेर्छौं र यसलाई अझै फराकिलो बनाएर जाने र सबै जनताले स्वास्थ्य सेवा पाउने कुराको सुनिश्चितता गर्ने हाम्रो अठोट यसैमा हुन्छ ।’

मंगलबार शपथग्रहणपछि गिरीले रामशाहपथस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका थिए । ‘सबै जनताको गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनका लागि काम गर्नुपर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा