कोरोना संक्रमण थप १८ जनामा पुष्टि, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो

सोमबार राति थप कोरोना संक्रमण १८ जनामा पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

मन्त्रालयले सोमबार राती १०:१५ बजे सार्वजनिक गरेको विवरण अनुसार धनुषा, खोटाङ, बाँके, दैलेख, सुनसरी र झापामा गरी १८ जनामा संक्रमण देखिएको हो।

नेपालमा हालसम्म २ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ भने ३६ जना उपचारपछि निको भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा