बाँकेमा कोरोना संक्रमितको उपचारमा खटिएकी नर्समा नै कोरोना संकर्मनको पुष्टि

नेपालगन्ज । बाँकेको खजुरामा एक जना स्टाप नर्समा कोरोना पुष्टि भएको छ । बाँकेमा पहिलोपटक स्टाफ नर्सलाई कोरोना भाइरस पोजेटिभ पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बेलुका सार्वजनिक गरेको थप ३ संक्रमितमध्ये एक जना बाँकेको खजुराकी नर्स रहेको पाइएको हो । भेरी अञ्चल अस्पतालले उनी नर्स रहेको जनाएको छ । उनी बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–३, की ४२ वर्षकी स्थानिय बासीन्दा हुन् ।

बाँकेको खजुरा गाउँपालिका स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा खटिएकी स्टाफ नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । खजुरा प्रखर अस्पतालमा कोरोना संक्रमितलाई राखिएको छ । संक्रमितलाई उपचार गर्नेा क्रममा उनलाई कोरोना सरेको हुनसक्ने अनुमान गरिएको छ । नेपालमा हालसम्म ६ जना नर्समा कोरोना संक्रमण भएको छ । नेपाल अहिले सम्म संक्रमितको संख्या ४५७ पुगेको छ । भने बाँकेमा मात्रै १ सय १ जना कोरोना संक्रमित रहेकाछन् ।

आज बिहीबार बाँकेमा थप दुई जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका ३ संक्रमित मध्ये नरैनापुर ३ निवासी ३२ बर्षीय पुरुष, खजुरा ३ निवासी ४२ बर्षीया महिला र कपिलवस्तुको शुद्धोदन निवासी १९ बर्षीय पुरुष छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा