शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्छौँ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले शान्ति प्रक्रियाको बाँकी कामलाई पूरा गर्नुपर्ने बताएका छन् ।

शनिबार प्रेस सेन्टरको उपत्यका प्रदेश समितिको साधारणसभामा बोल्दै उनले वर्तमान सरकारले कुनै पनि हालतमा सङ्क्रमणकालीन न्यायको कामलाई पूरा गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने बताएका हुन् ।उनले शान्ति प्रक्रियाको बाँकी काम पूरा हुन नदिन अनेक प्रयत्न भइरहे पनि पूरा गर्नैपर्ने बताएका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा  देखिएका  समस्यालाई छिट्टै सम्बोधन गर्ने आश्वासन दिएका छन् । 

मुलुकको अर्थतन्त्र निस्कनै नसक्ने गरी संकटमा नफसेको र त्यसमा देखिएको समस्या समाधान गर्दै मुलुकको समृद्धिको यात्रालाई चलायमान बनाउन सरकार लागिपरेको बताएका छन् ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा