नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे बने गण्डकी प्रदेशको मुख्यमन्त्री

कास्की — नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई बिहीबार संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यस प्रदेशमा नयाँ सरकार गठनका लागि आजै दाबी पेस गरिएको थियो । पाण्डे माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । गण्डकीमा सत्ता साझेदार दलबीच आलोपालो सरकारको नेतृत्व लिने सहमति अनुसार पहिलो चरणमा पाण्डेले नेतृत्व गर्नेछन् । ६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसदको आवश्यक पर्छ । संसदमा सवैभन्दा ठूलो दलको हैसियतले कांग्रेसको २७ सीट छ ।

सभामुखसहित माओवादीको ८ सीट रहेको छ भने, स्वतन्त्र सांसद मनाङे पनि गठबन्धनमा छन् । प्रदेश प्रमुखलाई मुख्यमन्त्री दाबी गर्दै ३५ जनाको हस्ताक्षर बुझाइएको थियो । यसअघि पुस २५ मा एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । माओवादी र राप्रपाको समर्थनमा संविधानको सोही धारा टेकेरे उनी मुख्यमन्त्री भएका थिए । राष्ट्रपति निर्वाचनलाई लिएर बनेको नयाँ सत्ता समिकरण अनुसार सरकारबाट माओवादी बाहिरीएपछि अधिकारी नेतृत्व सरकार अल्पमतमा परेको थियो ।

अधिकारीले वैशाख ९ मा विश्वासको मत प्राप्त नगरेपछि गण्डकीमा नयाँ सरकार गठनको प्रकृया अगाडि बढेको हो । सोही अनुरुप प्रदेश प्रमुख गुरुङले तीन दिनको समय दिएर नयाँ सरकार गठनका लागि बहुमतले दावी पेश गर्न मंगलबार आह्रवान गरेका थिए । नवनियुक्त मुख्यमन्त्रीलाई शुक्रबार शपथ खुवाउने तयारी रहेकाे प्रदेश प्रमुखकाे कार्यालयले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा