भ्रातृ संगठनविरुद्ध विद्रोह गर्ने रास्वपा सांसद श्रेष्ठको चेतावनी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले राजनीतिक दलका भ्रातृ संगठनविरुद्ध विद्रोह गर्ने चेतावनी दिएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले विद्यालयमा राजनीतिक दलका भ्रातृ संगठनको हुने राजनीतिक गतिविधि नरोकिए विद्रोह गर्ने चेतावनी दिएका हुन् । 

काठमाडौं–८ बाट निर्वाचित सांसद श्रेष्ठले आफ्ना भ्रातृ संगठनलाई विद्यालय क्षेत्रमा गतिविधि नगर्न सुझाउन दलहरूलाई सुझाव दिए । कानुनविपरीत राजनीतिक दल र भ्रातृ संगठनका गतिविधिबारे आफूहरूको ध्यानाकर्षण भएको बताउँदै उनले विद्यालयमा हुने झण्डाहरूसहित राजनीतिक कार्यक्रम रोक्न खोज्दा अभद्र व्यवहार गरेको जानकारी गराए । 

विद्यार्थीहरूको भविष्यमा खेलवाड गर्न नपाइने भन्दै उनले माध्यामिक तहमा राजनीतिक दलका गतिविधि नरोकिए विद्रोह गर्ने राजनीतिक दललाई चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा