भूपरिवेष्ठित राष्ट्र भएको कारणले हाम्रो भारतसँगको निर्भरता र अन्तराष्ट्रिय सम्बन्ध आफ्नो ठाउँमा छ ।

काठमाडौं ।नायिका केकी अधिकारीले पनि देशको भूमिको बिसयेमा आँफ्नो बिचार राखेकी छन्। नायिका केकीले फेसबुब मार्फत छिमेकीलाई आफ्नो भूमिबाट स–सम्मानका साथ फिर्ता पठाउन तयार रहेको धारणा राखेकी छिन् ।

उनले फेसबुकमा लेखेकी छिन्, ‘भूपरिवेष्ठित राष्ट्र भएको कारणले हाम्रो भारतसँगको निर्भरता र अन्तराष्ट्रिय सम्बन्ध आफ्नो ठाउँमा छ । तर जब प्रश्न राष्ट्रिय स्वाधीनता र स्वार्वभौमसम्त्ता माथी उठछ, हाम्रो स्वाभिमान संसार कै अग्लो सगरमाथा जति नै उच्च हुन्छ ।

सीमाको विषयमा हामी सबै नेपाली एक छौँ । कोही पक्ष अनि विपक्ष छैनौं । हामीसँग स्पष्ट प्रमाणहरु प्रशस्त छन् । हामीले आफ्नै भूमिको विषयमा कसैसङ्ग बहस गर्न आवश्यक त छैन । तर सम्मान स्वरुप हामी प्रमाणसहित बार्ता गर्न तयार छौँ । हामी आफ्नो चिज चाहन्छौँ । अरुकोमा र्याल काड्दैनौँ ।’

नायिका केकी अधिकारीले थप लेख्छिन्, ‘हामीले आज हाम्रो भूमिकै लागि आवाज उठाइरहँदा यो नभुलौँ कि हामी नेपाली विश्वभर आफ्नो विरता, सभ्यता र सरलताको लागी कहलिएका छौँ ।

कुनै पनि धारणा र विचार राख्नु अघि हामी राष्ट्रियताको नाउँमा अरु राष्ट्रको खिल्ली उडाउने, आत्मसम्मानमा ठेस पुगाउने व्यबहारले परिचित छैनौँ भन्ने नभुलौ । हामी बदलामा हैन बलिदानमा बिश्वास राख्छौं ।

हामी वैमनस्यतामा हैन बिचारमा बिश्वास राख्छौ । हामी छिमेकीको जमीन हडप्नमा हैन, छिमेकीलाई हाम्रै हडप्न खोजेको जमिनमा ससम्मान चिया नास्ता खुवाएर बिदा गर्नमा बिश्वास राख्छौं । भूगोलले सानो भएपनि नेपालीको मन ठूला ठूला देश भन्दा पनि विशाल छ । नेपाली हो नि’ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा