शाहरुखसँग काम गर्ने इच्छा २० वर्षपछि पूरा भयो : निर्देशक हिरानी

काठमाडौं– यो वर्ष बलिउड अभिनेता शाहरुख खानका लागि विशेष बन्यो । उनका दुई फिल्म पठान र जवान ५०० करोड क्लबमा प्रवेश गरे । यो वर्षको अन्तिम अर्थात् डिसेम्बर २१ बाट प्रदर्शनमा आएको ‘डंकी’ ले पनि राम्रै चर्चा पाइरहेको छ । निर्देशक राजकुमार हिरानीको पनि राम्रै प्रशंसा भइरहेको छ ।

लामो समयदेखि हिरानी र शाहरुखको सहकार्य हेर्न दर्शकहरु प्रतिक्षारत थिए । उनीहरुले ढिलै भए पनि दर्शकको भावनालाई समेटेका छन् । भर्खरै प्रशारण भएको एक अन्तर्वार्तामा हिरानीले फिल्म पढ्दादेखि नै शाहरुखसँग काम गर्ने इच्छा २० वर्षपछि पूरा भएको खुलासा गरेका छन् ।

हिरानीले खुलासा गरेका छन्, ‘म शाहरुखको अभिनयबाट निकै प्रभावित भएको थिएँ । पढाइ पूरा भएपछि काम गर्ने सोच बनाएको थिएँ तर त्यसबेलासम्म शाहरुख आफ्नो करिअरको उत्कर्षमा थिए, एकदमै व्यस्त थिए । सोही कारण मलाई उनीसँग काम गर्न २० वर्ष लाग्यो ।’

डंकीमा हिरानीको अनुभव
शाहरुखसँग डंकीमा काम गर्दा आफू धेरैले खुसी भएको अभनुव हिरानीले साटेका छन् । उनी थप्छन्, ‘उनीसँग काम गर्न पाउनु मेरो लागि धेरै ठूलो कुरा हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा