चलचित्र ‘स्त्री’ आगामी मङ्सिरमा प्रदर्शन हुने: नम्रता र दीपाश्रीको मुख्य अभिनय रहने सस्पेन्स थ्रीलर

काठमाडौँ । नेपाली चलचित्र ‘स्त्री’ आगामी मङ्सिर ११ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले चलचित्रको फस्ट लुक्ससहितको आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो।

समीर राईको निर्माण र जीवन शाहीको निर्देशनमा तयार भएको यो चलचित्रको पृष्ठभूमिमा रातो रङ्ग प्रयोग गरिएको छ, जसले यो चलचित्र सस्पेन्स थ्रीलर विधामा बनेको सङ्केत गर्छ। चलचित्रमा अभिनेत्री नम्रता श्रेष्ठ, दीपाश्री निरौला, प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत र दिनेश डीसी जस्ता स्थापित कलाकारहरूको मुख्य अभिनय रहेको छ। एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले संयुक्त रूपमा यो चलचित्रलाई नेपालभर वितरण गर्ने जिम्मेवारी लिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा