बिहेपछि झनै बोल्ड आँचल

काठमाडौँ– हिजो आज आँचल शर्माको पहिरनले दर्शकको ध्यान तान्ने गरेको छ । उनी उपस्थित हुने इभेन्टमा उनको ड्रेसले ध्यान तान्ने गरेको छ ।

केही दिन अगाडि आफ्नो फिल्म ‘वर एण्ड वधु’ को घोषणाको लागि आयोजित गरिएको पत्रकारसम्मेलनमा पनि उनले इभेन्टको ध्यान आफूतर्फ मोड्न सफल भइन् । बिहेपछि युट्युब च्यानलमा पहिलेको तुलनामा कम देखिन थालेकी आँचलमा अर्को परिवर्तन पनि आएको छ, त्यो हो फेसनको ।

आँचल विवाहअघि फेसनको मामलामा त्यति धेरै उम्दा लाग्दिन थिइन् । हेरिरहेकै, देखिरहेकै पहिरनमा देखिन्थिन् । तर, विवाहपश्चात् भने उनको फेसनमा व्यापक परिवर्तन महसुस गर्न सकिन्छ ।No description available.पछिल्लो समय उनी इभेन्टमा प्रस्तुत हुने शैली र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने तस्बिरहरूले उनको पहिरनको यथार्थलाई दर्शाउँछ । उनका फ्यानले पनि पहिरनको खुलेर तारिफ गरेका छन् ।

आँचललाई फ्यानले झन् झन् बोल्ड भएको भन्न थालेका छन् । किनकी बिहेपछि धेरैको फेसन कुर्ता र सारीमा खुम्चन्छ ।तर, आँचल झन्‌-झन्‌ बोल्ड हुँदै गएको धेरैले महसुस गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा