कपिलवस्तुकी ६ वर्षीया बालिकालाई शल्यकृयाका लागि त्रिवि शिक्षण अस्पतालको न्यूरो सर्जरी वार्डमा भर्ना गरिएको थियो । उनको स्वासनलीमा मासु पलाएको देखिएपछि चिकित्सकले शल्यकृयाको तयारी गरेका थिए । शल्यकृया गर्नु अघि चिकित्सकहरुले सतर्कताका लागि स्वाव निकालेर कोरोना परिक्षण गरेका थिए । उनको रिपोर्ट पोजेटिभ आएको हो ।
काठमाडौं स्थित त्रिभुवन शिक्षण अस्पतालमा बिहीबार बिहान कल्पना नगरेको घटना भएको छ । शल्यकृया गर्न ठिक्क पारेकी एक बालिकामा कोरोना पोजेटिभ देखिएपछि अब के गर्ने भन्नेमा सरोकारवाला तयारीमा जुटेका छन् ।शिक्षण अस्पतालमा शल्यक्रिया गर्नका लागि भर्ना गरिएकी बालिकामा कोरोना पोजिटिभ देखिएपछि अहिले त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, अन्य बिरामी तथा तिनका कुरुवाहरु त्रसित भएका छन् ।
नाक कान घाँटीको उपचार हुने भवनलाई कोरोना संक्रमितको उपचारका लागि भनेर तयार पारिएको छ ।त्रिवि अस्पतालस्थित उच्च स्रोतले जानकारी दिएअनुसार उनलाई ईएनटी (नाक कान घाँटी) विभाग को ओपीडीमा जाँच गरिएपछि शल्यक्रियाका लागि अन्तिम तयारी गरिएको थियो ।
त्यसैले उनलाई शल्यकृयाका लागि न्यूरो सर्जरी वार्डमा भर्ना गरेर राखिएको थियो । शिक्षण अस्पताल स्रोतका अनुसार अहिले उनको कन्ट्याक्ट ट्रेसिङ गर्नका लागि टोली अस्पताल पुग्दै छ ।