काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २०८३ जेठ महिनाको दाबीबापत १ अर्ब ४५ करोड ४६ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरेको छ। बोर्डले सार्वजनिक गरेको विवरणअनुसार जेठ महिनामा बीमित नागरिकहरूलाई स्वास्थ्य सेवा प्रदान गरेका विभिन्न स्वास्थ्य संस्थाहरूको दाबी प्रक्रिया पूरा गरी कुल १ अर्ब ४५ करोड ४६ लाख ९१ हजार २२ रुपैयाँ ८६ पैसा निकासा गरिएको हो।
बोर्डका अनुसार जेठ महिनाको भुक्तानी सूचीमा देशभरका कुल ३८१ वटा स्वास्थ्य संस्थाहरू समावेश छन्। जसमा केन्द्रीय तथा प्रादेशिक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताललगायत सूचीकृत स्वास्थ्य संस्थाहरू रहेका छन्। स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बीमित सेवाग्राहीलाई उपलब्ध गराइएको स्वास्थ्य उपचार तथा औषधोपचारको दाबी प्रक्रिया प्रमाणीकरण पश्चात् सम्बन्धित संस्थाहरूलाई भुक्तानी गरिएको बोर्डले जनाएको छ।





