काठमाडौँ । काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा एक जना बिरामीको मृत्यु भएको छ। अस्पतालका अनुसार मृत्यु हुनेमा नुवाकोट जिल्लाको विदुर नगरपालिका–१० का ३० वर्षीय महेश डंगोल रहेका छन्।
अस्पतालद्वारा जारी पछिल्लो विवरणअनुसार ट्रमा सेन्टरमा हालसम्म कुल ३८ जना बिरामी भर्ना भएका थिए। तीमध्ये सफल उपचारपछि २१ जना डिस्चार्ज भइसकेका छन् भने एक जना बिरामीलाई थप उपचारका निम्ति वीर अस्पतालमा रिफर गरिएको छ।
हाल अस्पतालको एचडियू (HDU) मा २ जना तथा इमर्जेन्सी र वार्डमा १३ जना गरी कुल १५ जना बिरामीको उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ।





